Profile Facebook Twitter My Space Friendster Friendfeed You Tube
Kompas Tempo Detiknews
Google Yahoo MSN
Blue Sky Simple News Simple News R.1 Simple News R.2 Simple News R.3 Simple News R.4

Wednesday, 13 August 2014

दृष्टिविहीनद्वारा ३ प्रतिशत आरक्षणको माग

चन्द्रकान्त खनाल, रुपन्देही । सरकारले अपाङ्गता भएका समुदायकहरुका लागि छुट्याउने गरेको ५ प्रतिशत आरक्षण कोटामध्येबाट ३ प्रतिशत दृष्टिविहीनहरुका लागि मात्र छुट्याउनका लागि सरकारसंग माग गरेका छन् ।
रुपन्देही नेत्रहीन संघको तेस्रो अधिवेशन तथा सातौ साधारणसभाका सहभागीहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष रमेश पाखरेलले सरकारी ५ प्रतिशत कोटाबाट ३ प्रतिशत दृष्टिविहिनहरुका लागि मात्र छुट्याउनका लागि माग गरे । उनले भने– ‘यसका लागि सरकारसँग कुराकानी भईरहेको छ, हामी ३ प्रतिशत दृष्टिविहिनहरुको लागि छुट्यानको लागि सरकार संग जोडदार माग गर्दछौ ।’ लुम्बिनी नेत्र विज्ञान अध्यायन संस्थान श्री रणअम्बीका आँखा अस्पताल भैरहवका अध्यक्ष तथा समाजसेवी शागर प्रताप राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी राणाले दृष्टिविहिनहरुको कार्यालय निर्माणको लागि १ लाख रुपैया दिने घोषणा गरेका थिए । उनले अपाङ्गता भएका व्याक्तिहरु हुदैमा उनीहरुको प्रतिभा नमोर्ने भन्दै दृढ संकल्पको साथ लक्ष्यमा पुग्नको लाग लग्न दृष्टिविहिनहरुलाई आग्रह गरेका थिए । रुपन्देही नेत्रहिन संघका अध्यक्ष आत्मराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेक बहादुर थापा, राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोखरेल, नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य नन्दीकिशोर ढकाल, बौद्धिक अपाङ्ग संघका कमल खनाल, गैर सरकारी महासंघ नेपालका वेदुराम खनाल , रुपन्देही नेत्रहिन पुर्नस्थापना कार्यक्रमका प्रमुख प्रेम महर्जन, फिल्ड सुपरभ्वाईजर हरी बहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए । संघका सचिव कृष्ण पंगेनीको सञ्चालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष मनोज पंगेनीले राखेका थिए । 

0 comments:

Post a Comment

 
Copyright © 2010 - All right reserved